Opens in a new tab

देश

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

नवलपुर टुडे
२०८३ अशोज ११ | बिहान ०९:०६ बजे

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउले अनेकौं प्रश्नहरू उब्जाएको छ। गएराति महाराजगंज स्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई पक्राउ गरेर टेकु स्थित थुनामा राखेको छ।

राणालाई थुनामा पुर्‍याए पनि प्रहरीले औपचारिक रूपमा उनलाई किन पक्राउ गरियो? उनी विरुद्ध के उजुरी थियो? भन्नेबारे कुनै पनि कुरा बताउन चाहेको छैन। अनौपचारिक प्रहरी स्रोतहरूका अनुसार राणालाई जरुरी पक्राउ पुर्जीका आधारमा आइतबार बिदाको दिन बिहान नियन्त्रणमा लिएको हो।

सामान्यतया फौजदारी कानुनअनुसार कुनै व्यक्ति विरुद्ध प्रहरी कार्यालयमा उजुरी /जाहेरी परेपछि उसलाई अदालतबाट पक्राउको अनुमति लिएर मात्रै पक्राउ गरिन्छ। व्यक्ति भाग्ने, प्रमाणहरू लुकाउन सक्ने र थप अपराधका घटना घटाउन सक्ने अवस्थामा प्रहरीले जरुरी पक्राउ पुर्जी प्रयोग समाउने गर्छ।

राति ३ बजे बिदाको दिन गरिएको पक्राउले थप प्रश्न पैदा गरेको छ। राणा सोमबार मात्रै अदालतमा पेश हुनेछन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभा भाग लिएर फर्किएको केही घण्टामै पूर्वप्रधान न्यायाधीश राणालाई पक्राउ गरिएको छ।

प्रहरी स्रोतहरूका अनुसार राजनीतिक तहबाट लिएको निर्णयका आधारमा मात्रै उनलाई नियन्त्रणमा लिएको हो। यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई यसैगरी मध्यरातमा पक्राउ गर्दा गृहमन्त्री सुधन गुरुङ फ्रन्टमै देखिएका थिए।

कमेन्टहरु