देश

दाङ लमहीमा बस दुर्घटना, २९ घाइते

जगत ठाडा मगर
२०७८ मंसिर ५ | बिहान ०९:०८ बजे

दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छ्न् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्व–पश्चिम् राजमार्गको लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार आइतबार बिहान १ : ४५ बजे पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीको नारायणपुरमा बसको पट्टा भाँचिएपछि बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना घाइतेहरूको थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ ।

कमेन्टहरु