लेस्टरमाथि चेल्सीको शानदार जित

जगत ठाडा मगर
२०७८ मंसिर ५ | बिहान ०७:०८ बजे

काठमाडौं । प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले शनिबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । यस जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ६ अंकको अग्रता समेत बनाएको छ ।
लेस्टरको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा चेल्सीको लागि एन्टेनियो रुडिगर, एन गोलो र क्रिस्टियन पुलिसिकले गोल गरे ।
पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । जितपछि चेल्सीले १२ खेलबाट २९ अंक जोडेको छ । लेस्टर १५ अंकसहित १२औं स्थानमा छ ।






















