३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा साधुलाई पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर ४ | बिहान १०:०८ बजे

धनुषा । मन्दिरमा खेल्न गएकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले साधुलाई पक्राउ गरेको छ ।
प्रहरीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई नियन्त्रणमा लिएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी रामले ती बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती बलात्कार गरेको भन्दै पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।






















