Opens in a new tab

देश

कांग्रेस इलाम २ ‘क’ को सभापतिमा चौहान निर्बाचित

जगत ठाडा मगर
२०७८ मंसिर ४ | बिहान ०९:०८ बजे

इलाम । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन्।

चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन्। चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए। उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित भएका छन्।

उपसभापतिका प्रतिस्पर्धी कमलमणि खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मतमै चित्त बुझाएका छन्। सचिवमा श्रीबहादुर विष्ट र दिपेश खत्री विजयी भएका छन्। विष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे। सचिवकै उम्मेदवार गजेन सुब्बा, विनोद न्यौपानेले र मोहन पराजुली पराजित भएका छन्।

सहसचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन्। निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे।

कमेन्टहरु