उदयपुरमा वान टन ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते

जगत ठाडा मगर
२०७८ मंसिर ४ | बिहान ०७:०८ बजे

काठमाडौं । उदयपुरमा वान टन ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्य तिन जनाको अवस्था गम्भीर रहेको र २१ जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरेको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका- ७ अँधेरी जोगीटोलमा भएका हो । मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटना बस्ती नजिकै भएकाले त्यहाका स्थानीयबासीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले बताए ।






















