नेपाल बार एशोसिएशनद्वारा चौथो चरणको आन्दोलन घोषणा

जगत ठाडा मगर
२०७८ मंसिर ३ | मध्यान्ह ०९:०८ बजे

काठमाडौं । नेपाल बार एशोसिएशनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन गर्ने निर्णय गरेको बारका महासचिव लीलामणि पौडेलले नवलपुर टुडेलाई बताएका छन्।
उनका अनुसार यससँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आह्वान गरेको वार्तामा नबस्ने सहमितसमेत भएको छ। ‘प्रधानन्यायाधीशले आह्वान गरेको वार्ताको कुनै औचित्य नभएको समेत बताएको छ । हामी वार्तामा बस्दैनौं,’ उनले भने। उनले चौथो चरणका आन्दोलन सुरु भएको बताए।
चौथो चरणअन्तर्गत आइतबार देशभरिका अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक पैरवी नगर्ने बारले जनाएको छ। त्यस्तै आइबार नै शीर्ष दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइने महासचिव पौडेलले बताए।






















