भारी परिमाणको लागू औषधसहित २ युवक पक्राउ


विनोद मण्डल
सिराहा, मंसिर ३ । सिरहाको धनगडीमाई नगरपालिका – १० बाट भारी परिमाणको लागू औषध सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरी खड्ग नगरपालिका वडा नं ७ बस्ने २५ वर्षीय नागेश्वर भगत र जिल्ला धनुषा औरही गाउँपालिका वडा नं ५ को २९ वर्षीय रमन कुमार कर्ण रहेका छन् । आज दिँउसो करिब १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०२-०२३ प .९३९ नम्बरको मोटरसाइकललाई चेक जाच गर्ने क्रममा धनगढीमाई नगरपालिकाको वडा नं १० उनीहरुलाई पक्राउ गरेको हो
उनीहरुको साथबाट प्रहरीले पोफिन १९४ येम्पुल, प्रोमिथोजाईम ३४२ येम्पुल, डाईजोपाम ३८२ येम्पुल र लेबल नभएको १८२ येम्पुल लगायत भारी मात्राको लागू औषध फेला पारेको थियो । अहिले दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






















