देश

रौतहटको कटहरियाको एक मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा एक जनाको मृत्यु

नवलपुर टुडे
२०७८ मंसिर ३ | मध्यान्ह ०५:०८ बजे

सिताराम साह
रौतहट । रौतहटको कटहरियाको एक मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा एक जनाको मृत्यु भएको छ ।

कटहरीया नगरपालिका ५ को बहादुरपुर टोलमा रहेको मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की विष्फोट हुदा स्थानीय समसुल मियाको मृत्यु भएको छ भने जैसी देवी घाइते भएका छन ।

ग्यारेज संचालक समसुल मियाले ट्याङ्कीमा हावा भर्ने क्रममा क्षमता भन्दा बढी हावा भर्दा सो ट्याङ्की विष्फोट भएको थियो । ट्याङ्कीको छेउमै रहेका समसुलाई विष्फोटका कारण टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारको लागी वीरगंज लैजाने क्रममा बाटोमा ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।

ट्याङ्कीको फलामको टुक्रा दाहिने हातमा लागेर घाइते भएका यादवको उपचार भइरहेको डिएसपी भण्डारीले बताए । विष्फोटले गर्दा ठूलो आवाज आएको र ट्याङ्कीका टुक्राहरु टाढा सम्म छरीएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

कमेन्टहरु