कट्टुमा लुकाएर ल्याएको २ किलो तरल सुनसहित विमानस्थलबाट दुई युवा पक्राउ

नवलपुर टुडे
२०७८ मंसिर ३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङका अनुसार उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित नियन्त्रणमा लिइएको हो । शुक्रबार दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।
दुबई विमास्थलमा सुन पठाउने समुहले उनीहरुलाई ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको प्रहरीलाई बताएका छन् ।






















