राजनीति

शुक्रबारसम्म सात लाख ३५ हजार जनाले लियो माओवादी केन्द्रको संगठित सदस्यता

नवलपुर टुडे
२०७८ मंसिर ३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । शुक्रबारसम्म सात लाख ३५ हजार जनाले माओवादी केन्द्रको संगठित सदस्यता लिएको माओवादी केन्द्रले जनाएको छ ।​

पेरिसडाँडास्थित माओवादीको केन्द्रीय कार्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए । उनले भने ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्नै बाँकी छ।’ खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले अझै संख्या थपिने अनुमान गरिएको छ ।

गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्नुपर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।

कमेन्टहरु