देश

बाबा रामदेव त वैज्ञानिक र क्रान्तिकारी व्यक्ति हुनुहुँदो रहेछ : प्रचण्ड

नवलपुर टुडे
२०७८ मंसिर ३ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।

काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्‍जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग गुरु रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको बताएका हुन् ।

प्रचण्डले भने – ‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, छलफल र संगत गर्दै जादा उहाँ त वैज्ञानिक र क्रान्तिकारी हुनुहुदो रहेछन् ।’ रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए ।

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार बेलुका नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।

कमेन्टहरु