देश

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु, १९ घाइते

नवलपुर टुडे
२०७८ मंसिर ३ | बिहान १०:०८ बजे

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बिहीबार साँझ दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४, तार्केबाङ सहिद मार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं–१ बस्ने २९ वर्षीय दीपक रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो । रासस

कमेन्टहरु