देश

गुल्मीमा जीपको ठक्करबाट पैदलयात्रा गरिरहेकी महिला घाईते

नवलपुर टुडे
२०७८ मंसिर ३ | बिहान ०९:०८ बजे

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा वामीटक्सारमा पीकअप जीपको ठक्करबाट पैदलयात्रा गरिरहेकी एक महिला घाईते भएकी छिन् ।

मुसिकोट नगरपालिका वडा नं ७ स्थित बसपार्कबाट खर्बाङ तर्फ जाँदै गरेकी महिलालाई विपरीत दिसाबाट आउँदै गरेको लु १ ज २६५५ नंको पीकअप जीपले ठक्कर दिँदा मुसिकोट नगरपालिका वडा नं १ की ५८ वर्षीय फरिण कुमारी घिमिरे घाईते भएको ट्राफिक प्रहरी सुनिल थापाले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।

घाईते घिमिरेलाई वामीटक्सार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरेको बताउनुभयो । ठक्कर दिने जीप र चालकलाई वामी प्रहरी चौकीको नियन्त्रणमा राखिएको बताए ।

कमेन्टहरु