राजनीति

फेरि सर्‍यो राप्रपाको महाधिवेशन मिति

नवलपुर टुडे
२०७८ मंसिर ३ | बिहान ०८:०८ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको मिति पुन सारेको छ । पार्टीका तिन शिर्ष नेता पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको छलफलले महाधिवेशन मिति सारेको हो ।

राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले बिहीबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।राप्रपाले आउँदो मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर मिति सारेपछि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।

राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति समेत हेरफेर गरेको छ । मंसिर ३ देखि ५ गतेसम्म प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।IMG 20211119 080327 805

कमेन्टहरु