समाज

पश्चिम नवलपरासीको बर्दघाट – २ चिसापानीमा बित्तिय साक्षरता र मनोपरामर्श कक्षा संचालनमा आउने

नवलपुर टुडे
२०७८ मंसिर २ | मध्यान्ह ०९:०८ बजे

अस्मिता भुसाल
बर्दघाट । नेपाल सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व साथै हेल्भेटास नेपालको प्राविधक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्वारा कार्यान्वयन गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बर्दघाट नगरपालिका – २ चिसापानीमा बित्तिय साक्षरता र मनोपरामर्श कक्षा संचालनका लागी आज प्रारम्भिक भेला सम्पन्न भएको छ ।

बर्दघाट २ का वडा अध्यक्ष दया दर्लामीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बोल्दै प्रमुख अतिथि पौडेलले बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र उपलब्धिमुलक बनाउन सबैले पहल गर्नु पर्ने बताउदै बैदेशिक रोजगारीमा जादा सिप सिकेर र सहि सुचना लिएर मात्र जान सके बैदेशिक रोजगार सफल हुने बताउनुभयो ।

सो अवसरमा बैदेशिक रोजगारमा रहेका परिवारले बिदेशमा रहेकाको मात्र कमाईको भर नपरी बिदेशबाट आउने रेमिट्यान्सलाई घर परिवारले पनि आम्दानीमुलक काममा प्रयोग गरी आय आर्जनतर्फ लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले सामी परियोजनाले दिने सेवाका बारेमा सहजिकरण गर्नुभएको थियो ।

भेलाले वार्ड नंं २ मा हरेक बिहिबार बित्तिय साक्षरता तथा मनोसामाजिक कक्षा संचालन गर्ने निर्णय समेत गरेको छ । सो कक्षामा बैदेशिक रोजगारसँग सम्बिन्धित परिवारका ३० जनाको सहभागिता रहने छ । कार्यक्रममा बैदेशिक रोजगारसँग सम्बन्धित परिवार जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र सामी परियोजनाका कर्मचारी सहित ७० बढिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा परियोजनाका रिर्टनी भोलेण्टियर रामु भुषालले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन परियोजनाका बित्तिय सहजकर्ता नारायण दत्त धिमिरेले गर्नुभएको थियो ।

कमेन्टहरु