धर्म–संस्कृति/रीतिथिति

कृष्णनगरमा हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग

जगत ठाडा मगर
२०७८ मंसिर २ | मध्यान्ह ०८:०८ बजे

कपिलबस्तु, कृष्णनगर, मंसिर २ । कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध र्यालीसहित बिरोध प्रर्दशन गरेका छन। जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिम बीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ ।

छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध र्याली निकालेका हुन् ।

र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै, प्रदेश २ सरकारविरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए ।

विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्थाका धर्मराज विश्वकर्मा, हिन्दु युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदीसहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कमेन्टहरु