Opens in a new tab

धर्म–संस्कृति/रीतिथिति

सिराहाको कमला नदिमा भुत मेला

जगत ठाडा मगर
२०७८ मंसिर २ | मध्यान्ह ०८:०८ बजे

विसुन देव सरदार
लहान । सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यसवर्ष पनि कार्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भुत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेका छन् । बिहीबार पुर्वपश्चिम राजमार्गमा गुहारसँग सम्बन्धित तन्त्रमन्त्र सहित कमला स्नानका लागि पैदल तथा गाडीमा सवार गरि स्नानका लागि आएका थिए ।

शुक्रबार विहानै सूर्योदयसंग उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेका हो । सिकारु धामी झाँक्रि तथा बोक्सा बोक्सीहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु तथा टुना स्थायी हुने मान्यता रहेको उनिहरु बताउँछन् ।

पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउँगाउँहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेको थिए । कार्तिकमा स्नान नगरेसम्म धामी झाक्रिहरु पाको मानिदैन मेला भर्न आएका जनकपुरधाम नगरपालिका १ निवासी रामु सदायका अनुसार— जादुटुना सिकेर पनि जगतलाई भलाई गर्न सकिएन भने सिकेर के फाइदा उनले बताए ।

कमला नदिमा वर्षेनी भुत मेला लाग्ने गरिन्छ । जहाँ सिरहा, सप्तरी, धनुषा र महोतरीका हजारौ सिकारु थामी धाँक्रिहरु सहभागि हुन्छन् । धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कार्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । यो सँगै सिकारु धामीझाँक्रीहरु बेतका लाठी घुमाउँदै चिच्याउँदै कमला स्नान गर्न आउने गरिन्छ । शरिरमा पवित्रबास बस्न आएका देवताको स्थायीबासका लागि कार्तिक पुर्णिामा स्नान गर्ने जनविश्वास रहेको छ।

स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको सहभागिहरुले बताए । कार्तिक पुर्णिामाको अवसरमा प्रत्येक वर्ष मेलामा झण्डा मेला लाग्ने गरेको कमला सरसफाइ अभियानी विक्रम यादवले बताएका छन।

कमेन्टहरु