राजनीति

सिराहा जिल्ला कमिटिद्वारा आयोजना गरेको कार्यकर्ता भेट्घाट कार्यक्रममा एमाले प्रबेशको घुईचो

जगत ठाडा मगर
२०७८ मंसिर २ | मध्यान्ह ०८:०८ बजे

विनोद मण्डल
सिराहा । सिराहा गोलबजारमा जिल्ला कमिटी सिराहाको आयोजनामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानियहरु विभिन्न पार्टी संघठन परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सिराहाको गोलबजार नगरपालिकाको विभिन्न वडाबाट आएका अाम जनसमुदाय नेकपा एमालेमा प्रवेश गरेको हो । नव आगन्तुकलाई पार्टीका प्रदेश नं २ का सह – इन्चार्ज लीला नाथ श्रेष्ठले फूल माला लगाएर पार्टी प्रवेश गराई फुलमालाले स्वागत गरेका थिए ।

पार्टी प्रबेशमा निपनीया गाउँबाट २८० महरा समुदायबाट ,१४ भट्ट समुदायबाट १० र मण्डल समुदाय लगायतबाट ४५६ जना नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको नेता रामप्रित रामले जानकारी गराउनु भएको छ ।

कमेन्टहरु