Opens in a new tab

स्वास्थ्य

सप्तरीको बरिष्ट अर्थोपेडिक डा. ज्ञानेन्द्र झा को उत्कृष्ट उपचार प्रति बिरामी खुशी

जगत ठाडा मगर
२०७८ मंसिर २ | मध्यान्ह ०७:०८ बजे

नवीन यादव
सप्तरी । सप्तरी जिल्लालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउदै, बरिष्ट अर्थोपेडिक डा. ज्ञानेन्द्र झा यति बेला सामाजिक सञ्जाल देखी सप्तरी, सिरहा, सर्लाही र उदेयपुरसम्मको हड्डि, नशा (अर्थो) सम्बन्धि समस्या भएको बिरामीहरूलाई सफल उपचार दिएर चर्चामा आएको छन ।

राजविराजको गजेन्द्र नारायण अस्पतालमा लगभग ३, ४ बर्ष देखी कार्यरत बरिष्ट अर्थोपेडिक डा . ज्ञानेन्द्र झाले जटिल भन्दा जटिल शल्यक्रिया बिधिबाट सफल उपचार गरे पछि बिरामीहरू सन्तुष्ट देखापरेको सामाजिक अभियानता बिष्णु यादवले बताउनु भएको छ ।

उहाँ ब्याडमिन्टन खेल्दा खेल्दै खुट्टामा फ्याक्चर भए पछि उपचारार्थ सप्तरी जिल्लाको शुप्रसिद्ध orthopedic Dr. ज्ञानेन्द्र कुमार झाको सेवा लिएपछि सामाजिक अभियानता बिष्णु यादवले अब कोहि कतै बाहिर उपचारको लागि जानु नपर्ने बिश्वास ब्यक्त गर्नु भएको छ।

त्यति मात्र होईन सप्तरीको बरिष्ट अर्थोपेडिक जोडि भनेर डा. ज्ञानेन्द्र झा र अर्थोपेडिक हेन्ड सर्जन डा. सरोज साहको पनि त्यतिकै चर्चा सप्तरी बासीहरूमा रहेको छन । डा. सरोज साह धरानको घोपा अस्पतालबाट अर्थोपेडिक सम्बन्धि अध्ययन गरेर सोही अस्पतालमा समेत तिन बर्षसम्म स्वास्थ्य क्षेत्रमा निकै योगदान दिएको धरान बासीहरूको भनाई रहेको छ।

यता बरिष्ट अर्थोपेडिक डा. सरोज साह हाल सप्तरीको छिन्नमस्ता अस्पतालमा करिब दुई बर्ष देखी हड्डी नसा संगै हेन्ड सर्जन सम्बन्धि जटिल भन्दा जटिल शल्यक्रिया (अप्रेशन) को सफल सेवा दिई राख्नु भएको छिन्नमस्ता अस्पतालको संयोजकले बताउनु भएको छ ।

कमेन्टहरु