माइती नेपालद्वारा स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदण्ड मस्यौदा तयार गर्न छलफल


कृष्णनगर, कपिलवस्तु, मंसिर २ ।स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदण्ड मस्यौदा तयार गर्न स्थानीय मानव वेचविखन नियन्त्रण समिति संग परामर्श कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l
कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l
कार्यक्रममा बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहारहरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले उपस्थित सबैलाई धन्यवाद दिदै स्थानीय स्तरमा मनोरंजन तथा सेवा क्षेत्र संचालनको मापदण्ड मस्यौदा तयार गर्न आफूले कार्यपालिकामा उक्त बिषय लैजादै आबश्यक पहल समेत गर्ने बताउनुभयो l
कार्यक्रमको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो l
उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी, मानव बेचविखन नियन्त्रण नगर स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो l कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो l






















