आज दिउँसो ३ बजे बारको आकस्मिक पत्रकार सम्मेलन

नवलपुर टुडे
२०७८ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । आज नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्दै छ । दिउँसोको ३ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको बारले जनाएको छ ।
आज बिहान सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।






















