देश

निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरियो : अधिवक्ता ओमप्रकाश अर्याल

नवलपुर टुडे
२०७८ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालत परिसरमा निश्चित कानुन व्यवसायीमाथि ‘टार्गेट’ गरेरै आक्रमण गरेको बताएका छन् । बिहीबारको प्रदर्शनमा बोल्दै अर्यालले सर्वोच्चभित्र हतियारसहित प्रहरी प्रवेश र कानुन व्यवसायीमाथि ‘टार्गेटेड’ आक्रमण अन्तर्राष्ट्रिय क्षेत्राधिकारको विषय भएको बताए ।

“निश्चित कानुन व्यवसायीमाथि टार्गेट गरेरै आक्रमण भएको छ । आज प्रकाश महर्जनलाई एक्ल्याएर आक्रमण गरेका छन्,” उनले भने, “यो अन्तर्राष्ट्रिय कानुनको क्षेत्राधिकारको विषय हो । सर्वोच्च प्रशासनले बारसँग माफी माग्छ भने ठिकै छ । हैन भने यो विषय यत्तिकै सेलाउँदैन ।” उनले सर्वोच्च अदालतमा हतियारसहित सुरक्षाकर्मी प्रवेश गरेको भन्दै यो अन्तराष्ट्रिय कानुन र मानवअधिकारको चासोको विषय पनि भएको बताए ।

सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि आज प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केहि वकिलहरू घाइते भएका छन् ।

कमेन्टहरु