राजनीति

पर्वत जिल्लाको उपसभापति पदका लागि गोविन्द प्रसाद पाध्याले उमेद्वारी दिने घोषणा

नवलपुर टुडे
२०७८ मंसिर २ | बिहान १०:०८ बजे

अमृत भट्टराई
पर्वत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लामा पनि अधीवेशन को माहोल निकै तातेको छ ।

नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमिति सदस्य समेत रहेका नेता गोविन्द प्रसाद पाध्याले पर्वत जिल्लाको उपसभापति पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।

को हुन पाध्या ?

२०३४ सालमा नेपाल तारा उच्च माविबाट नेपाल बिद्यार्थी संघबाट राजनीतिमा सुरु गरि पार्टिलाई अग्रसरतामा लानको लागि पहल गरेको थियो । २०३६ सालमा जनमतसंग्रहमा बहुदललाई जिताउन निरन्तर खटेर लागिपरेको परे, २०४२ मा सत्याग्रमा आन्दोलन गरी सत्याग्र हुँदै पार्टिलाई चलायमान गराउन निरन्तर खटेर लागि रहे ।

२०४६ सालमा बहुदल ल्याउने आन्दोलनमा निरन्तर खटेर लागिपरेपछि २०४८सालमा संसदीय निर्वाचनमा पार्टीको उमेदवारलाई जिताउन पहल गरी २९ वटै गाविसमा चुनाब प्रचार प्रसारमा लागेर २०४९ सालमा स्थानीय चुनावमा पार्टिलाई जिताउन अग्रिम भुमिका खेलेको साथै पटक पटकको स्थानीय चुनावमा प्रचार प्रसार समितिमा बसि खटेर लागिपरेको थियो ।

त्यसैगरी २०६१ सालमा क्षेत्रीय सचिबमा निर्वाचित भई पार्टी संगठनमा खटिए । २०६२-२०६३ को जनआन्दोलन भार २ मा बिहादी ११ नम्बर ईलाकाको पार्टीबाट संयोजक भई आन्दोलनलाई नेतृत्व गर्दै गर्दा काठमाडौमा पुलिस हिरासतमा परे । २०६३ सालमा क्षेत्रीय काः सभापति भई पार्टीको काम गरिसक्नु भएको छ ।

२०६४ साल असोज ९ गते पार्टी समायोजन भएर पुनः क्षेत्रीय सचिवमा बसेर २०६७ को १२ औं महाधिवेशनसम्म निरन्तर खटेर पार्टीलाई अग्रपंक्तिमा लाने काम गरेको थिए । त्यसैगरी १३ औं महाधिवेशनमा जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भई ईमानदार तरीकाले पार्टीको काम गर्दै हाल १४ औं महाधिवेशनका मुखमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको उप-सभापतिमा उमेदवार घोषणा गरेको बताए ।

कमेन्टहरु