धर्म–संस्कृति/रीतिथिति

सिरहाको कल्याणपुर भोक्रहामा भुत मेलाको तयारी पुरा

नवलपुर टुडे
२०७८ मंसिर २ | बिहान ०९:०८ बजे

महेश सिंह
सिरहा, ०२ मंसिर । प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ४,५,६ चिक्ना भोक्रहामा पुर्णिामा मेलाको भब्य रूपमा तयारी भएको मेला कमिटीको वरिष्ठ सालाहकार कुसेश्वर साह पजियारले जानकारी दिनु भयो ।

परापुर्व कालदेखि उक्त ठाँउमा मेला लाग्ने गरेको समाज सेबी कुशेश्वर साह पजियारले जानकारी दिनु भयो। बुधबार कल्स यात्राको कार्यक्रममा करिब ३ हजार महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो। कमला नदिको किनारमा भब्य रूपमा झण्डा मेला लाग्ने भएको छ । उक्त ठाँउमा पहिलो पल्ट तान्त्रिक बाबाले भब्य मेलाको आयोजना गरेको हो । प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन कमला नदिमा स्नान गर्न लाखौं ब्यक्तीहरुको भिड लाग्ने गर्दछ ।

पुर्णिामाको दिन पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् । ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ जस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्छन् । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज बिहान घुँइचो लागेको छ ।

सूर्योदयसँगै शुक्रबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका छन् । रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नेहरुको घुइँचो लागेको थियो । आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ । कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्रीहरु पाको हुने विश्वास गरिन्छ ।

भारत लगायत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीका दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।

कमेन्टहरु