अर्थ

महेशपुर भन्सार कार्यालयमा रहेको सवारी साधनहरू समयमा लिलामी नहुँदा खिया लागेर नासिँदै

जगत ठाडा मगर
२०७८ मंसिर १ | मध्यान्ह ०७:०८ बजे

बिनोद निगम (अनिल बानिया)
नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर स्थित भन्सार कार्यालयमा ३ वर्षदेखि थन्किरहेको सवारी साधन हरुको लिलामी अहिले सम्म प्रक्रिया पुगेको छैन । करिब छौ सय भन्दा बढी सङ्ख्यामा रहेका मोटरसाइकल, पिकअप, बोलोरो, कर, ट्याम्पोलगायत सवारी साधन अहिले सम्म लिलाम प्रक्रिया अगाडि बढेको देखिएन ।received 412072893745422

विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामदतथाचोरीकाती सवारी साधनहरू समय मालिला मीहुनन सक्दा खिया लागेर नासिँदै छ । लामो समयदेखि कार्यालय परिसरमाथन्केको मध्ये अधिकांश सवारीसाधन पानी र घामले कामै नलाग्ने गरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुने सवारी साधनहरू पनि खिया लाग्दै गइरहेको छ ।received 646848009803530

भन्सार छलेर सामान ल्याउने, नियम विपरीत लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरू जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो । कुनै पनि पहल नगर्दा महेशपुर भन्सार कार्यालयमा वर्षौँदेखि रहेको सवारीसाधनहरू महेशपुर भन्सार कार्यालय परिसरमा थुपरिएका छन् ।

कमेन्टहरु