देश

आजदेखि ई–पासपोर्ट जारी, पहिलो ई–पासपोर्ट शताब्दीपुरुष सत्यमोहन जोशीलाई

नवलपुर टुडे
२०७८ मंसिर १ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । राहदानी विभागले आज बुधबारदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले पहिलो ई पासपोर्ट शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका हुन् ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको र अबको केहि दिनमै त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण गरिने राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । ई पासपोर्ट वितरणको औपचारिक सुरुवात गरे पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालले बताए ।

डिसेम्बरको १०/१२ तारिखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने महानिर्देशक अर्यालको भनाइ छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

 

कमेन्टहरु