राजनीति

मुख्यमन्त्री राईलाई विश्वासको मत नदिने एमालेको निर्णय

जगत ठाडा मगर
२०७८ मंसिर १ | मध्यान्ह ०१:०८ बजे

मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । आजको यस बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक सुरु हुनु अगावै मुख्यमन्त्री राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु