देश

न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने : अध्यक्ष प्रचण्ड

जगत ठाडा मगर
२०७८ मंसिर १ | मध्यान्ह ०१:०८ बजे

जनकपुरधाम, ०१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् ।

बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या अदालत भित्रबाटै समाधान हुनुपर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार साँझ बसेको पाँच दलीय गठबन्धन समन्वयन समितिको बैठकले पनि प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलन कानुन व्यवसायीहरुले नै समाधान गर्नुपर्ने मनसाय राखेको बताए ।

अध्यक्ष प्रचण्ड बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि जनकपुर आएका थिए । उनी आउने भएपछि स्वागतको लागि नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

कमेन्टहरु