देश

रुपन्देहीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ मंसिर १ | मध्यान्ह १२:०८ बजे

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेको छ ।

प्रहरीले तिलोत्तमा नगरपालिका-१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राती पक्राउ गरेको हो । पेस्तोल लिएर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापामाथि अहिले आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु