अर्थ

दोलखामा निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लि.को शुभारम्भ

जगत ठाडा मगर
२०७८ मंसिर १ | बिहान ०८:०८ बजे

दोलखा । दोलखा जिल्लामा निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लि.को शुभारम्भ गरेको छ ।

“एकका लागि सबै, सबैका लागि एक” भन्ने मर्मका साथ बिगु गाउँपालिका वडा नम्बर – ८ साबिक थाङ्मीचागु १-२ अन्तरगतका स्थानमा जन्म भई स्थायी बसोबास गर्दै अथवा व्यावसायिक वा पेशागत सिलसिलामा अन्यत्र जीवन यापन गर्दै आउनुभएका जन्मभूमि प्रेमी दिग्गज व्यक्तित्वहरुको अगुवाईमा यस निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लि. को बिधिवत तरिकाले स्थानीय तहमा दर्ता सम्पन्न गरी २०७७ कार्तिक १ गतेका दिनबाट शुभारम्भ भयो ।

संस्थाको मुल संस्थापक प्रबासमा रहेर सामाजिक काम गर्दै आउनुभएको युबा सन्तोष ठान्टी थाङ्मीले नेतृत्व गर्दै आउनु भएको छ ।

कमेन्टहरु