सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | मध्यान्ह ०६:०७ बजे

सर्लाही, ३० कात्तिक । सर्लाहीमा मोटरसाइकल दुर्घटा हुँदा २ जनाको ज्यान गएको छ । प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल रुपखमा ठोकिएर दुर्घटना हुँदा इश्वरपुर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका–१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको जनाएको छ ।






















