प्रदेश २ मा जसपाका उद्योगमन्त्री यादवलाई गरे बर्खास्त(बिज्ञप्ती सहित)

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | मध्यान्ह ०३:०७ बजे

जनकपुरधाम, ३० कात्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरेका छन् । पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब दुई बजे मन्त्रीको पदमुक्तको पत्र प्राप्त भएको जानकारी दिए ।
मुख्यमन्त्री राउतले उनीसँग राजिनामा माग गरेपछि यादवले राजिनामा दिएका थिएन्न । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो । यादव आफ्नो पद बँचाउन कै लागि महन्थ ठाकुरका साथ छाडेका थिए ।






















