सर्बोच्चका चार जना न्यायाधीश इजलासमा फर्किए

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित सर्वोच्च अदालतका ४ न्यायाधीश इजलासमा फर्किएका छन्।
उनीहरुले आज अदालत फर्केर नियमित मुद्दाको सुनुवाइ थालेका छन्। न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्गी इजालसमा फर्किएको सर्वोच्च प्रशासनले जनाएको छ।
उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ थालेका हुन्।






















