देश

मुगुको गमगढीमा भएको आगलागीमा ५० करोडको क्षति मुख्यमन्त्री शाही राहत लिएर जाँदै

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | मध्यान्ह ०३:०७ बजे

बुटवल । मुगुको गमगढी बजारमा गएराति १२ बजेदेखि भीषण आगलागी हुँदा करिब ५० करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले करिब १७ करोड रुपैयाँ बराबरको घरभित्रको सामान र घर गरी ५० करोड बराबरको क्षति भएको जानकारी दिए । ‘‘क्षतिको विवरणसहितको निवेदन आउँदैछ,” उनले भने ।

यो सँगै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी पीडितलाई राहत लिएर जाने घटनास्थल जाने भएका छन् । मुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर रोकायाकाअनुसार खाद्यान्न, भाँडाकुँडा, पाल, लत्ता कपडासहित घटनास्थलमा जान लागेको जानकारी दिए ।

‘‘काठमाडौंबाट हेलिकप्टर उडिसकेको छ । अब सुर्खेत कतिखेर पुग्छ । त्यसपछि मुगु पुगेर फर्किने अवस्था भयो भने आजै जाने हो । यद्यपि घटनास्थल पुगेर फर्किन नसकिने अवस्था आयो भने भोलि जाने हो,” रोकायाले भने । गएराति साढे १२ बजेदेखि दियोबाट लागेको आगलागी करिब पाँचघण्टापछि मात्रै नियन्त्रणमा लिइएको थियो ।

यसअघि मुख्यमन्त्री शाहीले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए ।

कमेन्टहरु