नेता भाजु थामी उपचारपछि आजै डिस्चार्ज हुदै


दोलखा । नेकपा एमाले बिगु गाउँपालिकाको नेता क. भाजु थामी लामो समय बिरामी भई हिमालयन अस्पताल बानेश्वरमा उपचाररतपछि आज अस्पतालबाट डिस्चार्ज हुने भएको छ ।
पार्टीको नेता कार्यकर्तालाई समस्या पर्दा जहिले समस्या समाधान गर्न तत्पर रहने नेकपा एमालेले उहाँको उपचारमा लागेको सम्पुर्ण खर्च जुटाएर सहयोग गरेको छ।
नेकपा एमालेको केन्द्रिय सदस्य एवम् पुर्ब संचारमन्त्री, दोलखा र दोलखालीको प्रतिनिधिमा पार्वत गुरुङले रू.१०८,०००/- सहयोग गर्नुभएको छ । त्यसैगरी दोलखालीलाई जहिलेपनि माया गर्ने प्रदेश कमिटी सदस्य एवम् दोलखाका नेता बालकृष्ण शिवाकोटीले रु ५७,०००/- सहयोग गर्नुभएको छ । साथै दोलखा जिल्लाका नेता कमरेडहरु र सम्पर्क मन्चका नेता कमरेडहरुबाट संकलित रकम रु.२४०,०००/- गरि जम्मा सहयोग रकम पुर्व संचारमन्त्री पार्बत गुरुङ आफै अस्पतालमा उपस्थित भई हस्तान्तरण गर्नुभएको छ ।
उपचारपछि नेता भाजु थामी आजै अस्पतालबाट डिस्चार्ज हुने पार्टीले जानकारी दिनुभएको छ । भने, विशेष धन्यवाद पुर्वामन्त्री पार्वात गुरुङ, पुर्वामन्त्री आनन्द पोखरेल, प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, जिल्ला कमिटी सदस्य लोक बहादुर नेपाली गोमा केसि लगायत कमरेडहरु र उपचारमा संलग्न स्वास्थकर्मीहरुलाई परिवारद्वारा धन्यवाद दिनुभएको छ ।






















