राजनीति

सिराहामा एमाले १० औं महाधिबेशनको लागि प्रतिनिधि छनौट

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | मध्यान्ह १२:०७ बजे

विनोद मण्डल
सिरहा, कार्तिक ३० । सिराहा जिल्लाको विभिन्न निर्वाचन क्षेत्रबाट एमालेको १० औं महाधिवेशनको लागि नेकपा एमाले सिराहाबाट १६ जना प्रतिनिधि सर्वसहमतिले चयन भएका छन् ।

जिल्लाका ४ निर्वाचन क्षेत्रबाट १४ र २ दलित प्रतिनिधि सहित १६ जना प्रतिनिधि छनौट भएका छन् ।

१० औं महाधिवेशनका लागि सिराहाबाट निर्वाचन क्षेत्र नं १ बाट राजेन्द्र चौधरी, रामशंकर यादब, सिता चौधरी निर्वाचन क्षेत्र नं २ बाट नरेन्द्र राज पोखरेल, राम औतार यादब, राम ईश्वर शाह, निर्मला बास्तोला निर्वाचन क्षेत्र नं ३ बाट चण्देश्वर मण्डल, नवीन यादब, पुस्पलाल पाख्रिन, आशा यादब निर्वाचन क्षेत्र नं ४ बाट राम पुकार शाह, प्रदीप महासेठ र कल्याणी ढुंगाना चयन भएको
पार्टीका जिल्ला अध्यक्ष चण्देश्वर मण्डलले बताउनु भयो ।

त्यसैगरी, समावेशी प्रतिनिधित्वको लागि रामस्वरूप सदाय र रामप्रित रामलाई सर्वसहमतिले चयन गरिएको जनाएका छन् ।

कमेन्टहरु