Opens in a new tab

देश

बन्दकाे कारण बिहानदेखि यात्रु सास्तिमा,अन्याेलमा शहरी क्षेत्रका नागरिक

जगत ठाडा मगर
२०७८ कार्तिक ३० | बिहान ०७:०७ बजे

काठमाण्डाै । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।भने दैनिक ज्याला मजदुरी गर्न घरबाट निस्किनेहरु समेत अन्याेलमा परेकाे छ। नजाउँ कामबाट निकाल्ने डर जाउँ गाडि चल्दैन कसरी जाउँ। जे गरेपनि नागरिक नै मारमा परेकाे छ।

विशेषगरी लामो दूरीबाट यात्रा गरेर काठमाण्डौ आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका यात्रु काठमाण्डौका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

लामाे समय पछिकाे बन्दमा बन्दकर्ताहरुले विभिन्न माध्यमबाट केहिदिन देखि बन्दकाे सुचना गरिरहेपनि अत्यावश्यक कामकाेलागि काठमाण्डौ बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाण्डौबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

कमेन्टहरु