आगामी १ मंसिरदेखि ई–पासपोर्ट : राहादानी बिभाग


काठमाडौ । राहदानी विभागले आगामी १ मंसिरदेखि ई–पासपोर्ट जारी गर्ने भएको छ। लामो समयको अभ्यासपछि सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गर्न लागिएको हो।
सेवाग्राहीले १ मंसिरदेखि ई–पासपोर्टको लागि फारम भर्न सक्नेछन्। उक्त समयभन्दा अघि फारम भरेकाले ई–पासपोर्ट नपाउने विभागका निर्देशक शरदराज आरनले जानकारी दिए।
उनका अनुसार आवश्यकताअनुसार पासपोर्ट वितरण गरिनेछ। हालकै शुल्कमा सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्। ई–पासपोर्ट सेवा सुचारु भएपछि विभागमा सेवाग्राहीको भिड कम हुने निर्देशक आरनले बताए। उनका अनुसार यो पासपोर्टमा विद्युतीय चिप र एन्टेना राखिएको हुन्छ।
व्यक्तिको तस्बिर, औँठाछाप र व्यक्तिगत विवरण राखिनेछ। व्यक्तिको विवरण र चिप लक राखिने भएकोले ई–पासपोर्ट विश्वासिलो मानिन्छ। पासपोर्ट बनाउँदा निकै झन्झट व्यहोर्दै आएका सेवाग्राहीले अब झन्झट खेप्नुनपर्ने विभागले जनाएको छ।






















