नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ ।
नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
नाट्टाले आज ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ । उक्त अभियान शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानिलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सञ्चालन भएको छ ।
कार्यक्रमअन्तर्गत भोलि काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ हुनेछ । दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा सहभागी हुने जनाइएको छ ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















