नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शनिबार प्रचण्ड ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज डिस्चार्ज भएको अस्पताल स्रोतले बताएको छ।
उच्च रक्तचाप र रुघाखोकीको समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको थियो। पार्टी संगठनको शिलशिलामा उनी डोल्पा र भोजपुर पुगेका थिए।






















