मुख्य समाचार

सडक अलपत्र गरिएको भन्दै आन्दोलनमा उत्रिएका संघर्ष समितिका सदस्यहरु प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह ०२:०७ बजे

दोलखा–मुडे चरिकोट सडक निर्माण अलपत्र पारिएको भन्दै ठेकेदार विरुद्ध आन्दोलनमा उत्रिएका संघर्ष समितिका टोलिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत ६ वर्षदेखि मुडे–चरिकोट सडक अलपत्र पार्ने ठेकेदारलाई संरक्षण गरेर सडक निर्माणमा चासो नदेखाएको भन्दै आन्दोलित ७ युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मुडे चरिकोट सडक निर्माण संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्के सहसंयोजक रमेश खतिवडा, सचिब गोकर्णप्रसाद भण्डारी, सदस्यहरू सिर्जनकुमार घिमिरे, श्याम खतिवडा, अर्जुन कार्की र राजन बस्नेत रहेका छन् ।

कमेन्टहरु