देश

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक २८ | मध्यान्ह १२:०७ बजे

रोल्पा । रोल्पामा आइतबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

मृतक ३ जनामध्ये एकजना महिला र दुईजना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु