संघीयताको रक्षा लोसपाले मात्रै गर्न सक्ने : नेता ठाकुर


सप्तरी, २८ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले संघीयतालाई बचाउनुपर्नेमा जोड् दिएका छन् । उनले संघीयताको रक्षा लोसपाले मात्रै गर्न सक्ने बताए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ द्वारा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले मधेशीको नाममा धोका दिनेहरु अहिले सकृय भएको बताए । उनले मधेशीको नाममा माला जपेर सत्ताको भ¥यांगमा चढ्ने र संघीयतालाई कमजोर बनाउने काम भइरहेको बताए । लोसपाले मधेशीलाई अधिकार दिलाउने भन्दै उनले संघीयताको रक्षा पनि लोसपाले नै गर्ने बताए ।
गाउँपालिकाको वडा नम्बर १ का नेता लक्ष्मी नारायण ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा नेताहरु विनोद कुमार सिंह, विनोद कुमार यादव, उपेन्द्र साह, सुनिल कुमार झा, महिला नेतृ पुनम यादव, जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, पार्टी नेता महेन्द्र प्रसाद खंग, अशोक साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






















