नेपाली कांग्रेस राजविराजको वडामा को–को बने सभापति ?


सप्तरी, २८ कात्तिक । नेपाली काँग्रेसको वडा तथा स्थानीय तहको अधिवेसन शनिबार सम्पन्न भएको छ । भएको अधिवेसन अनुसार राजविराजका सबै वडामा निर्विरोध प्रतिनिधी चुनिएका छन् ।
नगरपालिकाको वडा नम्बर १ देखि १६ सम्म प्रतिनिधी चुनिएका छन् । जस अनुसार वडा नम्बर १ मा हृदयनारायण झा, वडा नम्बर २ मा इन्द्रनारायण देव, वडा नम्बर ३ मा दुर्गानन्द चौधरी, वडा नम्बर ४ मा श्याम शर्मा, वडा नम्बर ५ मा समीर झा सभापति चुनिएका छन् ।
वडा नम्बर ६ मा राजकुमार साह, वडा नम्बर ७ मा विशेश्वर साह, वडा नम्बर ८ मा मनोज दास, वडा नम्बर ९ मा भरत मेहता, वडा नम्बर ११ मा शंकर यादव, वडा नम्बर १२ मा नाथो मण्डल, वडा नम्बर १३ मा सञ्जय यादव, वडा नम्बर १४ मा सत्यनारायण मण्डल, वडा नम्बर १५ मा रामबिलास यादव र वडा नम्बर १६ मा नरेन्द्र देव सभापतिमा चयन भएका छन् ।
काँग्रेस सप्तरीका प्रबक्ता प्रभात ललनका अनुसार वडा नम्बर १० मा कार्यसमिति चयनको प्रकृया जारी रहेको छ । यस्तै, नगर सभापतिको प्रकृया पनि शनिबार राति अबेरसम्म जारी रहेको उनले बताए ।






















