रुकुममा १६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह १२:०७ बजे

रुकुम । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पुर्वी रुकुमबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् । स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले उनलाई पक्राउ गरेको जनाएको छ ।
अभियुक्तलाई अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।






















