Opens in a new tab

खेलकुद

राजन सुवेदी र कृतिसरा अधिकारीले फिडे टाइटल पाए

नवलपुर टुडे
२०८३ अशोज ९ | मध्यान्ह ०४:०६ बजे

समरकन्द, उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाड खेलाडी राजन सुवेदीले क्यान्डिडेट मास्टर (सिएम)को टाइटल तथा कृतिसरा अधिकारीले ओमन क्यान्डिडेट मास्टर (डब्लूिसएम)को टाइटल प्राप्त गरेका छन्। राजन सुवेदीले ब्यक्तिगत ६ खेलबाट ४ अंक जोडेर सिएम र कृतिसरा अधिकारीले ब्यक्तिगत ७ खेलबाट ३ दशमलब ५ अंक जोडेर डब्लूसिएमको टाइटल पक्का गरेका छन्।

ओलम्पियाडको चेस महाकुम्भमा २०४ राष्ट्र सम्मिलित टोली मध्ये नेपालको पुरुष टिमले प्रतियोगितामा कोमोरोस, टिमोर लेट्से, एन्टिगुवा एण्ड बर्बुदा र कतारका राष्ट्रिय टिमलाई हराएर ८ अंक जोडेका हुन।

आठौं खेलमा नेपालले कतार टिम विरुद्ध ३-१ स्कोरको जीत निकालेका थिए । प्रतिस्पर्धामा एफएम रुपेश जैसवालले कतारी खेलाडी सिएम अल कुवारी हमदलाई पराजित गरे। यस्तै नेपालका आशिष् फुयाँलले कतारका सिएम इर्फान मोहम्मद फिर्दासलाई र राजन सुवेदीले डिजेर्बि मोहमेदलाई हाएका छन्। एक मात्र हार सिएम सुश्रुत दहालको रहन गयो।

तिन चरणको खेल बाकी हुदा समान ८ अंक बनाएका अफगानिस्तान, साउदी अरेबिया र इथियोपिया टाइब्रेकका आधारमा शीर्ष तीन स्थानमा छन्। नेपाल चौथो स्थानमा रहँदै पदकका लागि संघर्षरत छन्। सहभागी खेलाडीहरुको रेटिङ्ग अनुपातका आधारमा नेपाली टिम सहित अन्य ४१ राष्ट्रलाई समूह डि मा वर्गीकृत गरिएको थियो। प्रत्येक राष्ट्रले ११ चरणको स्वीस लिग खेलमा सहभागी बन्नेछन् ।

यसैगरी नेपाली महिला टोली तर्फ निहाना श्रेष्ठले मादागास्करकी इरिनाह मायरानालाई पराजित गरीन। कृतिसरा अधिकारी र पूजा भण्डारीले जीत उन्मुख खेलमा ब्लण्डर गर्न पुगीन् भने एन्जल महर्जनको हार सँगै १-३ ले टिम पराजित भए। महिला टिमको हार सँगै स्कोर बोर्डमा पनि ६ अंक मै सिमित हुन बाध्य बनेका छन्।

815919880 2161513021096721 260072036296491722 n

महिला टिमले पदक जित्न बाकी खेलमा धेरै राम्रो नतिजा ल्याउनु पर्ने हुन्छ। नवौं चरणको खेलमा पुरुष टिमले लक्जम्बर सँग तथा महिला टिमले म्यानमार टिम सँग प्रतिस्पर्धा गरिरहेका छन्।

राजु ताम्राकार
प्रवक्ता
नेपाल बुद्धिचाल महासंघ

कमेन्टहरु