अफगानिस्तानबाट सीमा पार घुसपैठको प्रयास विफल पारिएकाे छ : पाकिस्तान

एजेन्सी
२०८३ अशोज ९ | मध्यान्ह ०५:०६ बजे

इसलामवाद । पाकिस्तानी सुरक्षा बलले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतहरुले शुक्रबार बताएका छन् । झडपका क्रममा अफगान तालिवानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन् ।
सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भू–भागमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिवानका केही सदस्य मारिएका हुन् ।






















