कृष्णनगरमा पनि धुमधामका साथ मनाईयो छठ पर्व


कृष्णनगर, कार्तिक २५ । तराईका सम्पूर्ण जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका थिए । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाड़ा वर्तन, कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिर कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, वडाध्यक्ष संजय कुमार गुप्ता लगायत श्रद्धालुहरू रहेका थिए ।






















