देश

ललितपुरको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | बिहान ०८:०७ बजे

काठमाडौं । ललितपुरकाे ग्वार्कोमा ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान ग्वार्को चोकमा ना६ ख१९३३ नम्बरको ट्रकले बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो ।

उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सात दोबाटोले जनाएको छ ।

कमेन्टहरु